CDONETWORK

  Friday , August 7 , 2020 4:36PM


ऋषि कपुरको अन्त्येष्टि

post_image
ऋषि कपुरको अन्तिम संकार

मुम्बइ 30 अप्रैल-भारतमा जारी लकडाउनको पालना गर्दै बिहीबार निधन भएका बलिउड कलाकार ऋषि कपुरको अन्तिम संस्कार गरिएको छ । लकडाउनले गर्दा ऋषिको पार्थिव शरीरलाई रिलायन्स फाउन्डेसन अस्पतालकै एम्बुलेन्सबाट मुम्बईको चन्दनवाडी विद्युतीय शवदाहमा पुर्‍याइएको थियो । जहाँ केही नजिकका आफन्त, साथीभाई र परिवारबीच उनको अन्त्येष्टी गरियो । ऋषिकी छोरी रिद्धिमाले मुम्बई आइपुग्न लकडाउनमा विशेष यात्राको अनुमति पाएकी थिइन् । दाहसंस्कारमा कपुरका छोरा रणवीर कपुर, रणवीरकी प्रेमिका आलिया भट्ट, भतिजी करिना कपुर र उनका पति सैफअली खान, भान्जा अर्मान जैन, कलाकार अभिषेक बच्चन र उद्योगपति अनिल अम्बानी उपस्थित थिए । उनीहरु मास्क र ग्लोब लगाएर ऋषिलाई ऋद्धाञ्जली दिन आइपुगेका थिए । लकडाउनको नियम पालना गर्नुपर्ने भन्दै ऋषिको परिवारले एक विज्ञप्तिसमेत निकालेको थियो । 'यो व्यक्तिगत क्षतिको समयमा हामी सबैलाई अवगत नै छ विश्व नै यतिखेर कठिन अवस्थाको सामना गरिरहेको छ । धेरै संख्यामा हिँडडुल गर्न र सार्वजनिक स्थलमा भेला हुन निषेधित नै गरिएको छ । हामी उहाँका सम्पूर्ण फ्यान, शुभचिन्तक र परिवारिक साथीभाईलाई यो नियम पालना गरिदिनु हुन अनुरोध गर्दछौं,' परिवारले जारी गरेको पत्रमा उल्लेख छ ।


Related Photos




Leave comment