CDONETWORK

  Friday , August 7 , 2020 5:44PM


दशैं पर्वमा स्वास्थ्यको ख्याल पनि राखौं

post_image
नेपालीको ठूलो चाड दशैं
16 अक्टुबर- कात्तिक महिना वातावरणीय, धार्मिक तथा सांस्कृतिक हिसाबले जति रमणीय हुन्छ, स्वास्थ्यको दृष्टिले पनि त्यति नै महत्वपूर्ण मानिन्छ। नेपालीको सबैभन्दा ठूलो चाड दशैको आफ्नो सांस्कृतिक महत्व भए पनि सबै घरपरिवार, सदस्य भेट हुने, फुर्सदका साथै रमाइलो गर्ने, नयाँ लुगा लगाउने तथा मासु खाने, पर्वका रूपमा स्थापित भएकाले सबैलाई सूत्रमा बाँध्छ। चाडपर्व भन्नेबित्तिकै पहिलो ध्यान खानेकुरामा पुग्छ। त्यसमा दसैं र मासुको सम्बन्ध नङ र मासुको जस्तो छ। बलि दिन, मजाले खान वा केटाकेटीको रमाइलो जेका लागि भए पनि प्रायः नेपालीको घरव्यवहारमा दसैंअघि नै जोहो गरिन्छ र मूल्य नभई पाउनु नै ठूलो मानिन्छ। दसैं मासुको विभिन्न परिकार चाख्ने अवसर पनि हो। त्यसैले के बूढा, के बालक, के महिला, के राजा, के रंक, के गरिब, के बिरामी सबै आआफ्नै किसिमले रमाउँछन् र भन्छन्—दसैं आयो ढोल बजाई र हरेकको भान्साबाट मासुको वासना आउँछ। एकातिर प्रोटिनको मात्रा ज्यादै कम भएको र संक्रमित बुढा, थारा, रोगी चौपायाको मासु बनाइन्छ भने अर्कोतिर सि•मा हरियो रंग लगाइएका रोग नलागेका र मासु उपभोगका लागि योग्य चौपाया पनि परम्परागत रूपमा वध गर्ने, सडक—पेटी,नालीमा मासु खुल्ला राखिँदा अस्वस्थकर भई जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ। त्यसैमा झन् मासु बिक्रेताले बिक्री नभएका मासु लामो समयसम्म फ्रिजमा राख्नाले र खुलारूपमा एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउनाले झन् संक्रमित हुने गरेको देखिन्छ। त्यसै त नियमित मासु सेवन गर्नेमा मोटोपना, उच्च रक्तचाप, मिर्गाैला, मुटुका रोग,आन्द्रा र कलेजोको खराबी हुन्छ भने बढी मासु र बोसो होस् भनेर पशुलाई संगिनी सुई, गर्भवतीलाई खुवाइने आइरन चक्की कुखुरालाई खुवाइँदा र पशुमा जथाभावी जबर्जस्ती औÈधी प्रयोगले मानिसमा सुपरबग उत्पन्न हुनसक्छ। मासुमा एउटा ब्याक्टेरिया भए 7 घन्टामा 20 लाख बढी पुग्छ। मासुलाई 5 देखि 63 डिग्री सेल्सियसमा राख्न हँदैन। खाद्यपदार्थलाई भरिसक्य तातोपानी नभए सफा पानीले पर्याप्त पखाल्ने, माछामासु तथा सागसब्जीलाई भिन्दाभिन्दै भाँडाकुडा, प्रेसर कुकरमा नभए अन्य भाडामा भए पनि राम्ररी पकाउने र पकाउनुअघि र पकाएपछि बढीमा दुई घन्टासम्म मात्र भण्डारण गर्ने तथा सफा गर्ने, पकाउने सवैले साबुनपानीले हात धुनुपर्छ। मासुसँगै सागपात, फलफूल, फाइबर, दही, सलाद र प्रशस्त पानी खादाँ त्यसमा हुने रेशा वा फाइब्ररले कोलेस्टेरोल घटाउँछ, पाचन प्रणाली राम्रो बनाउँछ।



Leave comment